काठमाडौं । इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले आफूले कुनै पनि कलाकारलाई दुर्व्यवहार नगरेको बताएका छन् । शुक्रबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै कँडेलले आफूमाथि लगाइएका आरोपमा शत्यता नभएको र आफूले कसैलाई पनि शोषण र दुर्व्यवहार नगरेको बताएका हुन् ।
शर्मिला बहिनीले ह्यारेसमेन्ट गरेको भन्नुभयो जुन ३ वर्ष अगाडीको कुरा हो सोही समयमा म विदेश जाँदा तपाईं एयरपोर्टमा आएर ‘भगवान् दाइ’ भन्दै ढोग गर्नुभएको थियो । अहिले राक्षस भन्ने हो भने त्यो बेला किन भगवान् भन्नुभयो ? त्यही बेला मलाई तैंले किन यसो गरिस् भन्नु पर्दैन ?’ पत्रकार सम्मेलनमा कँडेलले भने ।
इन्द्रेणीबाट हटाइएकी शर्मिला श्रेष्ठले आफूमाथि कँडेलले ‘ह्यारेसमेन्ट’ गरेको आरोप लगाएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया