काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेदरल्यान्डविरुद्ध नेपाललाई चौथो सफलता मिलेको छ ।
नेदरल्यान्ड्सविरुद्ध २०औँ ओभरमा ओभरमा नेपालले तेस्रो सफलता हात पारेको हो ।
ललित राजवंशीको बलमा २७ रन बनाएका बास डी लिडे आउट भएका हुन् ।
यसअघि राजवंशीले नै २३ रन बनाएका साइब्रान्ड एन्जलब्रच्टलाई आफ्नो शिकार बनाएका थिए भने छैटौँ ओभरमा म्याक्स ओ डाउड १० रन बनाएर रन आउट भएका थिए । त्यस्तै तेस्रो बलमा सोमपाल कामीले शून्य रन बनाएका माइकल लेभिटलाई क्याच आउट गराएका थिए ।
टीयु क्रिकेट मैदानमा नेपालविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्डले ४ विकेट गुमाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया