‘मेट गाला’मा प्रियंकाको लुक्सलाई लिएर उर्लिए आलोचक(तस्वीरसहित)

एजेन्सी । हरेक वर्ष हुने ‘मेट गाला’मा सेलिब्रेटीहरुले लगाएको लुगा र बनाएको हुलिया वर्षभरि नै चर्चामा रहिरहन्छ । कुनै विशेष थिममा रहेर सबै सेलिब्रिटीहरुले भिन्नाभिन्नै कस्ट्युम लगाउँछन् यस समारोहमा ।

मेट गालामा बलिउड नायिका प्रियंका चोपडाले लगाएको पहिरन यसको ज्वलन्त उदाहरण हो । अमेरिकाको न्यू योर्कमा भएको यसपालिको मेट गालामा प्रियंका आफ्ना पति निक जोनससँग देखिइन् । यस समारोहमा उनले लगाएको पहिरनले निकैको ध्यानाकर्षण गरेको छ । प्रियंकाको लागि यो समारोह यसकारण पनि खास मानिन्छ किनकी उनले आफ्ना पति निक जोनसलाई पहिलो पटक यही समारोहकादौरान भेटेकी थिइन् । 

त्यसो त भारतबाट प्रियंका मात्र नभएर दिपिका पादुकोण पनि मेट गालामा सहभागी थिइन् तर, सामाजिक सञ्जालहरुमा प्रियंकाको लुक्सलाई लिएर नै बढी चर्चा/आलोचना भइरहेको छ ।

उनको पहिरनलाई लिएर सामाजिक सञ्जालमा भएका केही टिप्पणीहरु यसप्रकार छन् :

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड २१ छुटाउनुभयो कि रु हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?