काठमाडौँ । आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेपाल ९ विकेटले विजयी भएको छ ।
उत्कृष्ट प्रदर्शन गर्दै सजिलै हराएको छ । शनिबार त्रिवि मैदानमा भएको खेलमा आक्रामक शुरुवात गरेको नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको हो ।
नेदरल्यान्ड्सले दिएको १ सय ३८ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा मात्र १ विकेटको क्षतिमा पूरा गरेको हो ।
नेपालका अनिलकुमार शाह र आसिफ शेखले अर्धशतक बनाए भने कुशल भुर्तेलले ११ बलमा २८ रन बनाएर आउट भएका थिए । खेलमा अनिलले ५७, आसिफले ५४ र कुशलले २८ रनको योगदान गरे ।
योसँगै लेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत पहिलो जित निकालेको छ ।
यसअघि टस हारेर पहिलले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्स ३९ ओभरमा १३७ रनमा समेटिएको थियो ।
नेदरल्यान्डका कप्तान स्कट एडवार्डसले सर्वाधिक ३३, साइब्रान्ड एंगलब्रेक्ट २३, म्याक्स ओ’डाउड १०, बास डे लिड २७, नोआह क्रोस १२, आर्यन दत्त र माइकल लेभिट शून्य रनमा आउट भएका थिए ।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४, ललिल राजवंशीले २, सोमपाल कामी र कप्तान रोहित पौडेलले एकएक विकेट लिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया