सेयर बजारमा २७ अंकको गिरावट

लोकपथ
84
Shares

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा साताको पहिलो दिन दोहोरो अंकको गिरावट आएको छ । आइतबार नेप्से परिसूचक २७.२१ अंकले घटेर २०३४.८२ वीन्दुमा कायम भएको छ ।

सेन्सेटिभ इन्डेक्स ०.९१ प्रतिशतले घटेर ३६५.२०वीन्दुमा अडिएको छ । सबै कम्पनीको सेयरमा नकारत्मक सर्किट लागेको दिन दुई कम्पनीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भयो ।

बोटलर्स नेपाल र समाज लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो ।

सबै उपसमूहका सूचक नकारात्मक छन् । फाइनान्स उपसमूह र हाइड्रोपावरको सूचक २ प्रतिशत बढीले घटेको छ । कारोबारमा भएका कम्पनीमध्ये २१ वटाको सेयरमूल्य बढ्दा २२५ वटाको घट्यो भने दुई कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन ।

३ सय १५ कम्पनीको १ करोड ७ लाख ७२ हजार ४८३ कित्ता सेयर  ३ अर्ब ७७ करोड  ५४ लाख २२ हजार १९६ रुपैयाँमा खरिदबिक्री भएका छन् ।

उल्लेख्य सेयर कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, एनआइसी एसिया बैंक, जोशी हाइड्रोपावर, सगरमाथा जलविद्युत कम्पनी, युनियन हाइड्रोपावर लगायत छन् ।

हिमालयन रिइन्स्योरेन्सको ४० करोड ९ लाखको सेयर कारोबार भएको छ । यसैगरी एनआईसी एसिया बैंकको १३ करोड ६५ लाख, जोशी हाइड्रोपावरको १० करोड, सगरमाथा जलविद्युतले ९ करोड र युनियन हाइड्रोपावरले ७ करोड मूल्य बराबरको सेयर कारोबार भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?