काठमाडौं । एनआईसी एशिया बैंकले भाटभटेनी मनि ट्रान्सफरसँग रेमिट्यान्स भुक्तानी गर्ने सम्झौता गरेको छ ।
बैंक र मनि ट्रान्सफरको सम्झौता अनुसार अबदेखि स्वदेश तथा विदेशबाट पठाएको रेमिट्यान्स सेवाग्राहीले सहजै निकाल्न मिल्ने भएको हो ।
भाटभाटेनी रेमिट्यान्सबाट स्वदेश तथा विदेशबाट पठाएको रेमिट्यान्स एनआइसी एशिया बैंकका देशभरी रहेका २ सय ८२ शाखा र ४० वटा एक्सटेन्सन काउण्टरमार्फत उक्त रकम निकाल्न सक्नेछन् ।
एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र भाटभटेनी मनि ट्रान्सफरका प्रवन्ध निर्देशक राजनकुमार अमात्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । एनआइसी एशिया बैंकका करिब १६ लाख ग्राहक छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया