काठमाडौं । सानिमा माई हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २२ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
हाइड्रोपावरले आज ‘बुधवार’ वित्तिय विवरण सार्वजनिक गर्दै गत वर्षको तुलनामा १३ दशमलब ५५ प्रतिशतले बढी नाफा आर्जन गरेको जनाएको हो ।
गत वर्षको अवधिमा हाइड्रोपावरले २० करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । चुक्ता पूँजी २ अर्ब ३२ करोड रहेको हाइड्रोपावरको जगेडा कोषमा ६ करोड ९६ लाख रुपैयाँ सञ्चित छ ।
तेस्रो त्रैमाससम्म हाइड्रोले विद्युत विक्री मार्फत् ६० करोड २८ लाख रुपैयाँ आर्जन गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया