मुम्बई । बलिउड अभिनेता शाहरुख खानकी पत्नी गौरी खानले अम्बानी ‘हाउस एन्टीलिया’ को भित्री भागलाई नयाँ रुप दिने भएकी छिन् । उनले यसअघि बलिउडका थुप्रै सेलिबे्रटीको घरको डिजाइन गरेकी छिन् ।
एसियाकै धनी मुकेश अम्बानीको आलिशान घर ‘एन्टालिया’ संसारमै चर्चित महलमध्येमा पर्छ । त्यही महलको भित्री भागमा नयाँ रुप दिन अम्बानी परिवारको रोजाईमा परेकी छिन् गौरी खान । उनले केही दिन अगाडि ट्विटरमा नीता अम्बानीसँगको तस्बिर सेयर गर्दै यो कुराको जानकारी दिएकी हुन् ।
तस्बिरमा गौरी खान र नीता अम्बानी सँगै बसिरहेका छन् र उनले क्याप्सनमा लेखेकी छिन्, ‘एन्टीलिया डिजाइन गर्दाको अनौठो अनुभव । अहिलेसम्म गरेका प्रोजेक्टमध्ये सबैभन्दा टप प्रोजेक्ट हो । नीतासँग काम गर्दा मज्जा आउँनेछ ।’यो भन्दा अगाडि गौ
री खानले ज्याकलीन फर्नाडिस र सिद्धार्थ मल्होत्राको घरको पनि भित्री भाग डिजाइन गरेकी छिन् । साथै, आलिया भट्टको पनि नयाँ भ्यानीटि भ्यानको भित्री भागको डिजाइन गरेकी थिइन् ।
www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड ३२ छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया