गुराँस लघुवित्तले बिहीवारदेखि आईपिओ बाँडफाँड गर्ने

काठमाडौं । गुराँस लघुवित्तले भोली ‘बिहीवार’ देखि आईपिओ बाँडफाँड गर्ने भएको छ । 

वैशाख१६ गते देखि निष्कासनमा ल्याएको आईपिओ लघुवित्तले बिहीवारदेखि बाँडफाँड गर्ने भएको हो । लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा २ लाख ३३ हजार ६ सय २५ कित्ता शेयर आईपिओ बाँडफाँड गर्ने भएको हो ।

शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटलले दिएको जानकारी अनुसार यस पटकको लघुवित्तको आईपिओ २० गुणा भन्दा अधिकले आवेदन परेको हो । 

लघुवित्तले सर्वसाधारणमा २ लाख ३३ हजार ६ सय २५ कित्ता शेयर निष्काशन गरेको छ । तर, ४५ लाख ४८ हजार कित्ता शेयर माग भएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?