राज्यपाल आरिफ मोहम्मदलाई कालो झण्डा देखाउने एसएफआई कार्यकर्ता प्रहरी हिरासतमा

लोकपथ
98
Shares

काठमाडौं ।  केरलाका राज्यपाल गभर्नर आरिफ मोहम्मद खानलाई मट्टन्नुरमा कालो झण्डा देखाएका  छन्। भारतीय विद्यार्थी महासंघ (एसएफआइ) का कार्यकर्ताहरूले गभर्नर मोहम्मदलाई आइतबार साँझ कालो झण्डा देखाएका  हुन् ।

कालो झण्डा देखाएका एसएफआईका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो त्यसपछि उनीहरुलाई प्रहरीले हिरासतमा लिएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

गभर्नर आरिफ मोहम्मद खानलाई कालो झण्डा देखाइएका कन्नूर अन्तर्राष्ट्रिय विमानस्थल पुगे र त्यहाँबाट वायनाडतर्फ लागेका थिए। राज्यपाल जंगली हात्तीको आक्रमणबाट मारिएका आरिफ मोहम्मद अजिशको परिवारलाई भेट्न जाँदै थिए। वायनाड तर्फ जाँदा राज्यपालले विरोधको सामना गर्नुपरेको थियो। यो प्रदर्शनको बीचमा गभर्नरले अजिशका परिवारका सदस्यहरूसँग पनि भेट गरेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?