जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

लोकपथ
980
Shares

मोरङ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले  पक्राउ गरेको छ ।उर्लावारी नगरपालिका-५ मिलन चोक बस्ने ४१ वर्षीय रविन गुरूङलाई आइतबार बिहान प्रहीले पक्राउ गरेको हो  ।

गुरूङले ती किशोरीलाई ललाई फकाई प्रलोभनमा पारी उर्लाबारी नगरपालिका-४ स्थित होटलमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?