विभिन्न स्थानबाट अवैध लागुऔषधसहित ६ जना पक्राउ

लोकपथ
455
Shares

काठमाडौं । देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित ६ जना पक्राउ परेका छन् ।

मोरङको केराबारी गाउँपालिका–१० बगैचाबाट अवैध लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २५ वर्षीय सुमन तामाङ रहेका छन् ।

उनको साथबाट प्रहरीले करिब १ ग्राम ४ सय मिलिग्राम ब्राउनसुगर, नगद १४ हजार ४ सय ७० रूपैयाँ र २ थान मोबाइल बरामद गरेको छ ।

कोशी प्रदेश अनुसन्धान समुह र ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी बाराको प्रसौनी गाउँपालिका–१ नकटुवा चोकबाट करिब ४ किलो २ सय ग्राम अवैध लागुऔषध गाँजासहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका–१३ रानीघाट बस्ने २० वर्षीय गल्लु यादव र बारा प्रसौनी गाउँपालिका–४ खुटवा बस्ने २६ वर्षीय फुलमान अंसारी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको  प्रहरी टोलीले उनीहरूलाई उक्त गाँजासहित आइतबार साँझ पक्राउ गरेको हो ।

यसैगरी रूपन्देहीको बुटवल उपमहानगरपालिका–२ मणिमुकुन्द टोलबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ मिलिग्रामसहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका–२ फुलवारी बस्ने २६ वर्षीय अमृत महरासहित ३ जना रहेका छन् ।

प्रहरी बिट जितगढी किल्लाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त पदार्थसहित आइतबार साँझ पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?