‘दालभातको स्वाद कुनै परिकारले बिर्साउन्न’

लोकपथ
287
Shares

पोखरा । रोहिणी राणाले हालसालै ‘द नेपाल कुकबुक’ पुस्तक बजारमा ल्याएकी छन् । पुस्तकमा तराई, पहाड र हिमालमा प्रचलित १०८ प्रकारका परिकारको पाक कला समावेश छ । रोहिणीको यो दोस्रो पुस्तक हो ।

यस अगावै रोहिणीले अंग्रेजी भाषाको ‘द राणा कुक बुक रेसिप्स फ्रम द प्यालेसेज अफ नेपाल’ पुस्तक ल्याएकी थिइन् ।
पुस्तकमा जंगबहादुर राणादेखि मोहनशमशेर राणासम्मका ९ प्रधानमन्त्रीको भान्छामा पाक्ने खानाका परिकारबारेको पाक कला समावेश थियो ।

१ सय ४० प्रकारका खानाका परिकारबारे पुस्तक लेख्ने उनलाई बाल्यकालमा भने पाककलाबारे कुनै ज्ञान थिएन ।
पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलमा सोमबार उनै लेखक रोहिणीसँगै पूर्व बैंकर अनिकेशरी शाह नेपाली परम्परागत स्वादबारे गफिए ।

संवादमा रोहिणीले बाल्यकालमा खाना पकाउने ज्ञान नै नभएकोदेखि पाक शिक्षाको पुस्तक लेखेको सुनाइन ।
भारतको आग्रामा जन्मिएकी रोहिणीको होटलमा हिन्दी, कन्टिनेन्टल लगायत कुकले खानाको परिकार पकाइरहेको देखेकी थिइन् । उनले पकाउने रुची भएपनि सिक्ने कष्ट बाल्यकालमा कहिल्यै गरिनन् ।

जब कलेजको पढाइ सकिने बेला भयो उनको बिहेको कुरा छिनियो त्यो पनि नेपालको राणा खानदानमा । खाना पकाउने लगायत घरधन्दा उनलाई नआउने भएकै कारण विहे र इंगजमेन्टबीचको समय ८ महिना राखियो ।

‘विहेको कुरा छिनिएपछि आमाले भन्नुभो यसले घरको कला, सीप केही पनि जानेको छैन । ८ महिना विहे र इंगेजमेन्टको बीचको पिरयडमा पाक कलामा ट्रेनिङ भयो । भाउजुले मलाई सिकाउने ड्युटी पाउनुभो । त्यतिबेला अलि अलि सिके’, रोहिणी फ्ल्यासब्याक सुनिइन् ।गौरवशमशेर राणासँग विहे भएर नेपाल आएपछि उनको खानाको अनुभव बडो रोमाञ्चक थियो ।

‘कसैले भने हुन्थ्यो नि हामी ब्रेकफास्ट खादैनौं । सिधैं साढे ९ बजे भुजा खान्छौं भनेर मानसिक रुपमा तयार हुन्थ्यो होला ! आर्मीको परिवार साढे ९ बजेर बोलाएर खाने कुरा टक्र्रयाँइयो’, उनले भनिन्, ‘अण्डा, टोस्ट पर्खें । यत्रो यत्रो छाप्रीभरी भुजा, दाल, मासु, तरकारी, अचार हेर्दा खेरी त चकित भए !’

अहिले भने उनलाई संसार घुमेर थरीथरीका स्वाद चाखे पनि दाल, भात, तरकारीको स्वादको तल मेटाउन सक्दैन रे ।
राणा परिवारमा पाक्ने परिकारबारे उनलाई श्रीमनको घरको भान्छे चिनियाँ चम्पाले सिकाइन् । जो राणा खान्दनमा स्वादिलो खाना पकाउनमा प्रख्यात थिइन् । उनैसँगै सिकेपछि उनलाई पुस्तक लेख्ने योजना फुरेको हो ।

३५ वर्ष अगाडी नै उनले पुस्तक लेख्न थालेको बताइन् । ‘बच्चाहरु स्कुल जाने, कलेज जाने । यो भन्यो त्यो भने । किताब बसेको बस्यै भो । बच्चाहरुको विहेपछि लाग्यो अब किन किताब नलेख्ने’, उनले सुनाइन् ।‘द राणा कुक बुक रेसिप्स फ्रम द प्यालेसेज अफ नेपाल’ मा सय परिकार आफ्नै घरको समावेश गरेकी उनले जानकारी दिइन् ।

राणा परिवारको परिकारबारे लेखिएको पुस्तक प्रकाशनको समय विश्वव्यापी कोराना भाइरसको संक्रमण फैलिइरहेको थियो । प्रकाशकले पुस्तकको विक्री नभएको भन्दै तत्काल प्रकाशन गर्न मानेन् ।१० महिना किताब छाप्न प्रतिक्षा गर्नुप¥यो उनले । जुन समय रोहिणीलाई लाग्छ जिन्दगीकै निराश समय थियो ।

उनले कोरोनाको बेला नै सोच्न थालिन्, ‘अब हिमाल, पहाड, तराईमा पाक्ने परिकारबारे किन नलेख्ने ?’ त्यसपछि रिसर्चमा लागेको उनले बताइन् । ‘धेरै अनुसन्धान गरे । एउटा एउटा थरको’, उनले भनिन् । ति परिकारबारे हेरक भन्छामा पुगेर चम्चा चम्चा नापेर पुस्तले लेखेको उनले बताइन् ।

उनले बेमौसमी तरकारीका उत्पादन बढ्दा अस्वस्थ्यकर खाना खानुपरेको उल्लेख गरिन् । जंकफुडका कारण पनि बालबालिका अस्वथ्य बन्दै गएको रोहिणीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?