एजेन्सी । टोट्नह्याम जारी ‘युइएफए’ च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधवार राति सम्पन्न भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा इंग्लिस क्लब टोट्नह्यामले अजाक्सविरुद्धको खेलमा पुनरागमन गर्दै अन्तिम दुई स्थान तय गरेको हो । दोस्रो लेगको खेलमा टोट्नह्यामले अजाक्सलाई ३-२ गोल अन्तरले पराजित ग-यो ।
टोट्नह्यामको जीतमा लुकास मौरा नायक साबित भए । उनले ५५ औँ, ५९ औँ र खेलको अन्तिम समयमा गोल गर्दै ह्याट्रिक पुरा गरे । यता अजाक्सको लागि भने खेलको पाँचौ मिनेटमा कप्तान डि लेटले तथा ३५ औँ मिनेटमा जियाजले समान एक-एक गोल गरेका थिए ।
यसअघि भएको सेमिफाइनलको पहिलो लेगको खेलमा भने टोट्नह्याम अजाक्ससँग १-० गोल अन्तरले पराजित भएको थियो । अब उपाधिका लागि टोट्नह्यामले यहि जुन १ तारिखमा लिभरपुलको सामना गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया