दिल्ली क्यापिटल्स ‘आइपीएल’को क्वालिफायरमा, हैदराबाद बाहिरियो

एजेन्सी । दिल्ली क्यापिटल्स जारी इन्डियन्स प्रिमियर लिग क्रिकेट ‘आइपीएल’ को क्वालिफायरमा छनोट भएको छ ।

बुधवार राति इलिमिनेटर खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई २ विकेटले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको हो । अब दिल्लीले क्वालिफायर खेलमा चेन्नई सुपर किंग्सको सामना गर्नेछ ।

१ सय ६३ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको दिल्लीले अन्तिम ओभरमा ७ विकेट क्षतिमा पुरा ग-यो । दिल्लीका लागि ओपनर ब्याट्सम्यान पृथ्वी शाले ५६ रनको अर्धशतकिय पारी खेले ।

त्यस्तै ऋषभ पन्तले ४९ रन, शिखर धवनले १७ रन तथा श्रेयश लेयरले ८ रन जोडे । यता सनराइजर्स हैदराबादका खलील अहेमद र रसिद खानले समान २-२ विकेट हात पारे । 

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रनको योगफल तयार पारेको थियो ।

 हैदराबादको लागि मार्टिन गुप्टिलले ३६ रन, मनिष पाण्डेले ३० र कप्तान केन विलियम्सले २८ रन जोडे । यता दिल्लीका इशान्त शर्माको २ विकेट लिए । यदि दिल्लीले  क्वालिफायर खेलमा चेन्नई सुपर किंग्सलाई पराजित गरे फाइनलमा प्रवेश गर्नेछ ।

यता हारपछि हैदराबाद भने प्रतियोगिताबाट बाहिरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?