काठमाडौं । गुराँस लघुवित्तले साधरण शेयर ‘आईपिओ’ बाँडफाँड गरेको छ ।
लघुवित्तले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम आईपिओ २३ हजार ३ सय ६३ आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले पाएका छन्।
वैशाख१६ गते देखि निष्कासनमा ल्याएको आईपिओ लघुवित्तले आज ‘बिहीवार’ शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाटमा बाँडफाँड भएको हो ।
लघुवित्तले सर्वसाधारणमा २ लाख ३३ हजार ६ सय २५ कित्ता शेयर निष्काशन गरेको थियो । तर, ४५ लाख ४८ हजार कित्ता शेयर माग भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया