एनसीसी बैंक अर्बपति क्लबमा प्रवेश

काठमाडौं । नेपाल क्रेडिट एण्ड कर्मस ‘एनसीसीबी’ बैंक अर्बपति क्लबमा प्रवेश गरेको छ। 

बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्ममा एक अर्ब १६ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेसँगै अर्बपति क्लबमा प्रवेश गरेको हो । साथै बैंकको ८३ करोड ९९ लाख लाभांश क्षमता कायम समेत भएको छ । 

एनसीसी बैंकले गत पुस मसान्तसम्म ७२ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । तर, चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा मात्रै ४१ करोड ५३ लाख रुपैयाँले नाफा वृद्धि गरेर एक अर्ब १६ करोड ४० लाख मुनाफा आर्जन गरेको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?