ललितपुर । यहाँका जिल्ला खेलकुद विकास समिति र जिल्ला टेबलटेनिस संघ तथा दक्षिण कोरियाको छियोङ याङ स्पोर्ट्स काउन्सिलबीच ललितपुरमा टेबलटेनिसको विकासमा सहयोग पु-याउन मंगलबार सम्झौता भएको छ ।
ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, ललितपुर जिल्ला टेबलटेनिस संघका अध्यक्ष आशिष अवाले, दक्षिण कोरियाको छियोङ याङ स्पोर्ट्स काउन्सिलका अध्यक्ष हान क्वाङ सुक र छियोङ याङ टेबलटेनिस संघका अध्यक्ष मिन क्युङ होले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सो अवसरमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, उप मेयर मन्जली शाक्यलगायतको उपस्थिति रहेको थियो ।ललितपुर जिल्लामा विशेष गरी टेबलटेनिस खेलको विकास, पूर्वाधार निर्माण, खेलाडी तथा प्रशिक्षक आदान–प्रदान गर्ने विषयमा सम्झौता भएको छ । कार्य योजना बनाएर अगाडि बढ्नेलगायतका विषयमा पनि सहमति भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया