महन्थ ठाकुर बन्लान् २ नम्बर प्रदेशकाे मुख्यमन्त्री ?

काठमाडौँ, १२ कात्तिकसंघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका नेता महन्थ ठाकुरलाई २ नं प्रदेशको मुख्यमन्त्रीमा प्रस्ताव नगरिएको बताएका छन् विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेश नं २ मा को मुख्यमन्त्री हुने हो भन्नेबारे प्रदेशको निर्वाचनपछि निर्णय हुने स्पष्ट पारे । अध्यक्ष यादवले नेपाली कांग्रेससँग नीति, विचार र विषय नमिल्नाका कारण नै संयुक्त मोर्चा गठन नभएको बताउँदै निर्वाचनका लागि काँग्रेस लचिलो भएमा तालमेल हुन सक्ने विश्वास व्यक्त गरे उनले प्रदेश नं २ मा राजपालाई संघीय सदस्यमा १५ र प्रदेशमा ३१ स्थान छाड्नेसहमति पार्टीमा भएको जानकारी दिँदै नेपाली काँग्रेससँग पनि चुनावी सहकार्य भएमा स्थान घटबढ हुने बताए । एक प्रसङ्गमा अध्यक्ष यादवले भने,“नेकपा(एमाले) र नेकपा (माओवादीकेन्द्र)को गठबन्धन राष्ट्रविरोधी होइन तर यसले लोकतन्त्रलाई संस्थागत गरी समाजमा रहेको विभेदलाई अन्त्य गरी सामाजिक न्याय कायम गरेमा मात्र गठबन्धन सफल हुनेछ ।”अध्यक्ष यादवले अहिलेसम्म आफूले मोरङ, सुनसरी र सप्तरीमध्ये कुन क्षेत्रबाट संघीय संसद्मा उम्मेदवारी दिने भन्ने सम्बन्धमा निश्चित नभएको जानकारी दिए । नेता यादवले संविधानको पुनःलेखन र संविधान संशोधनको माग पार्टीले नछाडेको बताउँर्दै आगामी निर्वाचनवाट नै यसको छिनोफानो हुने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?