एजेन्सी । ब्राजिलका पूर्वराष्ट्रपतिले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
पूर्वराष्ट्रपति मिसेन टेमेअरले भ्रष्टाचार गरेको फैसला अदालतले गरेलगत्तै उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् ।
टेमेअरमाथि भ्रष्टाचार तथा आपराधिक समूहको नेतृत्व गरेकोलगायत ६ वटा अभियोग अदालतमा दर्ता भएको थियो ।
यही अभियोगमा उनी गत मार्चमा पक्राउ परेका थिए ।
पक्राउपछि जारी बन्दी प्रत्यक्षीकरण रिटबाट उनी हिरासत मुक्त भएका थिए । तर, बुधवार पुनः उनीमाथि लागेको अभियोगको फैसला गर्दै अदालतले जेल चलान गर्ने आदेश दिएको थियो ।
उनले अदालतको आदेशसँगै त्यसको सम्मान गर्दै प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया