ईलाम । ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सूर्योदय नगरपालिका(१ बस्ने ३३ वर्षीय पेम्बा शेर्पालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
शेर्पाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मानेभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई सूर्योदय नगरपालिका-१ मानेभञ्ज्याङबाट पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया