एभरेष्ट इन्स्योरेन्सले हकप्रद शेयर बिक्री गर्ने

काठमाडौं । आगामी जेठ दोस्रो सातादेखि एभरेष्ट इन्स्योरेन्सले हकप्रद शेयर बिक्री गर्ने भएको छ । 

इन्स्योरेन्स कम्पनीले जेठ १४ गतेदेखि एक बराबर तीन अनुपातमा ‘३ सय’ हकप्रद शेयर बिक्री गर्ने भएको हो । बीमा समितिको निर्देशन अनुसार कम्पनीले एक अर्ब पूँजी कायम गर्न भारी हकप्रद बिक्री गर्न लागेको हो ।

इन्स्योरेन्स कम्पनीले यसअघि बीमा समितिले तोकेको अनुसार संस्थापक साधारण शेयर अनुपात मिलाउन मंसिर १६ देखि पुस २२ गतेसम्म चुक्ता पूँजीको १सय ५ प्रतिशत संस्थापक हकप्रद बिक्री गरेको थियो।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?