गण्डकी, कर्णाली र कोशी प्रदेशमा हिमपातको सम्भावना

लोकपथ
126
Shares


काठमाडौं । जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारण बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

आइतबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारण बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाले नियमित मौसम बुलेटिन मार्फत उल्लेख गरेको छ ।

साथै, गण्डकी, कर्णाली र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

आज राती भने देशभर मौसम आंशिक देखि साधारण बदली रहने छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।
विभागका अनुसार अझै केही दिन वर्षाको सम्भावना देखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?