‘बेटी पढाऊ, बेटी बचाऊ’अभियान: ४ महिनामा ८० बालिकाको खाता ! कोअर्डिनेटर भन्छिन्,“पत्रकारहरुको भूमिका नकारात्मक”

तराई–मधेशका महिलाको अवस्था नाजुक छ । घरभित्र होस् वा घरबाहिर निस्केपछि, उनीहरुले पाइला–पाइलामा अप्ठ्यारा भोग्नु पर्छ । 

महिलाले पनि काम गर्न सक्छन् भन्ने कुरा आज पनि मधेशी समुदायको लागि अपत्यारिलो तथ्य बन्न पुगेको छ, तराई मधेशका जिल्लाहरुमा । काम गरेरै यो कुरा प्रमाणित गर्नु महिलाको लागि निकै ठूलो चुनौती नै हुनेछ । पाईला–पाईलामा समस्या झेल्नुपर्ने र हरेक पुरुष र समाजसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यात्मक अवस्थाले नराम्ररी गाँजेको छ, मधेशी महिलालाई । 

मधेशी महिलाको समस्या घरबाटै शुरु हुन्छ । सामाजिक, सांस्कृतिक, रितिरिवाजको जटिलताको त कुरै छाडौं । विहे गरेर अर्काको घरमा जाने हो थोरै पढाउँदा पनि हुन्छ भन्ने मानसिकता अहिले पनि तराई–मधेशका जिल्लाहरुमा यथावत नै छ । 

राजनीतिमा सक्रिय २–४ जना महिलालाई हेरेर मात्र पुग्दैन । समग्र तराई–मधेशका महिलाहरुको अवस्था भने कमजोर नै छ । 

पहाडी, जनजाती, दलित महिलको तुलनामा मधेशी महिला निकै पछाडि छन् ।

जनचेतनामा केन्द्रित अधिकांश कार्यक्रम हुन्छ । तर, सिमित ठाउँमा मात्र, गाउँसम्म पुग्दैन । 

दाइजोसँगै महिलाको चरित्रमा लाञ्छनाको समस्या झनै विकराल छ तराई–मधेशमा । दाइजोकै कारण मधेशी महिलाहरु जलिरहेका छन् । घर विहिन भएका छन् । मानसिक, शारीरिक पीडा सहन बाध्य छन् । 

यिनै तराई–मधेशका मधेशी महिलाका पीडा कम गर्न प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान शुरु गरे । तर, यसको परिणामा के आयो कसैलाई थाहा छैन । यसैबीच लोकपथ डटकमले प्रदेश २ मा सञ्चालन भएको भनिएको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानका आठ जिल्लाका कोअर्डिनेटर प्रियंका यादवसँग सम्पर्क गरेको छ ।   

यादवसँगको कुराकानीको समपादित अंश :-

‘बेटी पढाऊ, बेटी बचाऊ’अभियान कहाँ–कहाँ लागू भयो ?
–    ‘बेटी पढाऊ, बेटी बचाऊ’अभियान आठ वटै जिल्लामा लागू भइसकेको छ । पहिलो 
चरणमा आठ वटा जिल्लाको एक–एक पालिकामा मात्रै लागू भयो । र पछि फागुन २० गतेबाट प्रदेश २ का सबै जिल्लामा लागू भइसकेको छ । 
छोरी शिक्षा विभाग जुन ‘बेटी पढाऊ, बेटी बचाऊ’अभियान अन्तर्गतको एउटा कार्यक्रम हो । अहिले ‘फोकस’ भनेको छोरी शिक्षा विभाग नै हो । 

‘बेटी पढाऊ, बेटी बचाऊ’अभियानबाट अहिलेसम्म कति बालिका प्रभावित भए ?
–    ‘बेटी पढाऊ, बेटी बचाऊ’अभियानबाट सप्तरी बलानबिहुल गाउँपालीस्थित जागेशवर गढाई मा.वि.मा ७० बालिकालाई कक्षा ८ र ९ मा अध्ययन छन् । त्यसै गरि ८० जना बालिकाको मुद्दती खाता प्रभु बैंकमा खोलिसकेका छौ । आठ जिल्लाबाट हजारभन्दा बढी आवेदन आइसकेका छन् । आएका आवेदनहरु चेक गर्ने प्रक्रिया पुगेको छ कि छैन बुझ्ने र सबै प्रक्रिया पूराएर सिफारिस समितिबाट प्रक्रिया अनुसार अगाडी बढ्छौ र समितिबाट पास हुन्छ । हजार बालिकाबाट छनोट गरेर ५–६ दिन भित्र बैंकमा मुद्दति खाता खोल्छौ ।

‘बेटी पढाऊ, बेटी बचाऊ’अभियान चार महिना भयो ? तर, पनि प्रदेश २ का किन बलात्कार, हत्या, दाइजोको निहुमा महिला जलाइएका घटनामा थोरैपनि कमी आएन ?
–    ‘बेटी पढाऊ, बेटी बचाऊ’अभियान सानो तहबाट शुरु गर्दै छौँ । भर्खर जन्मेको नवजात शिशु, स्कुलमा बढीरहेका बालिकाहरुलाई मात्र विशेष ‘फोकस’ गर्दै ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान लागू गरेका हौ । पहिलो चरणको कार्यक्रम भएको हुनाले अहिले नवजात शिशु र स्कुलमा पढिरहेका बालिकाहरुमा मात्रै केन्द्रित छौ । 

‘बेटी पढाऊ, बेटी बचाऊ’अभियानमा बलात्कार, हत्या र दाइजो सम्बन्धी तपाईहरुको कुनै योजना छैन ? 
–    ‘बेटी पढाऊ, बेटी बचाऊ’अभियान अन्तर्गत दाइजो सम्बन्धी कार्यक्रम पनि छ । तर, त्यो कार्यक्रम अहिले शुरु भइसकेको छैन । हाम्रो वार्षिक कार्यक्रममा पनि दाइजो सम्बन्धी कार्यक्रमहरु समावेश छ । 

 ‘बेटी पढाऊ, बेटी बचाऊ’अभियान अन्तर्गत दाइजो सम्बन्धी कार्यक्रम पनि छ । तर, त्यो कार्यक्रम अहिले शुरु भइसकेको छैन । हाम्रो वार्षिक कार्यक्रममा पनि दाइजो सम्बन्धी कार्यक्रमहरु समावेश छ । 

केही महिना अगाडी जनकपुरमा बलात्कारपछि जलाएर हत्या गरिएको बालिकाको घरसम्म पुग्नु भयो ? 
   – कार्यक्रम अनुसार पुग्या छैनौ । यो अभियान अन्तर्गत त जानु पर्ने थियो । तर, मुख्यमन्त्री लालबाबु राउतजीले पहल गर्नु भाछ । 

प्रदेश २ को ‘बेटी पढाऊ, बेटी बचाऊ’अभियानको कोअर्डिनेसन भएकोले तपाईले पनि त गर्नुभएको छ नि ? 
–    ‘बेटी पढाऊ, बेटी बचाऊ’अभियानको कार्यक्रम मात्र हेर्छु । त्यहाँ भन्दा धेरै म हेर्दिन । म  ‘बेटी पढाऊ, बेटी बचाऊ’अभियानमा मात्र केन्द्रित छु । म एकै भएको हुनाले यही अभियानमा मात्रै ‘फोकस’ छु । दिनमा ५० भन्दा बढी साना–साना छोरीहरु बोकेर मुख्यमन्त्री कार्यालयमा आउने गरेका छन् ।  

प्रभु बैंकमा प्रदेश सरकारले एक जना बराबर १३ हजार ६ सय ४६ रुपैयाँ जम्मा गर्ने निर्णय भा छ । अहिलेसम्म कति जनाको गर्नु भयो ? 
–    ८० जनाको बालिकाको प्रभु बैंकमा खाता खोलिसकेका छौ । एक सय जनाको ५ दिन भित्र खुल्ने छौ । हाम्रो सिफारिस समितिले छानविन गरेपछि मात्र प्रक्रिया अगाडी बढाउँछौ । 

प्रदेश सरकारले पहिलो पटक अभियान लागू गर्दा ५ करोड ६० लाख प्रदेशका विभिन्न जिल्लाका ८ वटा स्थानीय तहमा लागू भयो । त्यसमध्ये अहिलेकति खर्च भयो ? 
–    कति खर्च भयो भने र मैले भन्नुपर्छ । त्यो तपाई आफैँ हिसाब गर्न सक्नुहुन्छ । अहिलेसम्म ८० जना बालिकाको प्रभु बैंकमा खाता खोलिसक्यौ । अब ५ दिनभित्र १०० जनाको खोल्दै छौँ । आवेदन आउने वितिकै खाता खोली हाल्न मिल्दैन नि । त्यो प्रक्रिया अनुसार जाने हो । 

 कति खर्च भयो भने र मैले भन्नुपर्छ । त्यो तपाई आफैँ हिसाब गर्न सक्नुहुन्छ । अहिलेसम्म ८० जनाको खोलिसक्यौ । अब ५ दिनभित्र १०० जनाको खोल्दै छौँ । आवेदन आउने वितिकै खाता खोली हाल्न मिल्दैन नि । त्यो प्रक्रिया अनुसार जाने हो । 

तपाई अहिले धनुषामा मात्र केन्द्रित हुनुहुन्छ कि अरु ७ वटा जिल्लामा पनि केन्द्रित हुनुहुन्छ ?
–    हजार वटा आवेदन धनुषा जिल्लाको मात्रै हैन ८ वटै जिल्लाको हो । यो अभियानमा कुनै जिल्ला छुटेकै छैन । विभिन्न मन्त्रालयहरुको प्रतिनिधिहरु बसेर सिफारिस समिति गठन भएको छ । यस सिफारिस आठ वटै जिल्लामा बसेर चेक गर्दै नि । आठ वटै जिल्लाबाट आएको निवेदन चेक गरेर सिफारिस समितिमा राख्ने हो । अनी सिफारिस समितिले छलफल गरेर सिफारिस गर्ने हो । त्यो सिफासिरको आधारमा प्रभु बैंकले मुद्दति खाता खोल्दिने हो । र मुख्यमन्त्री कार्यालयबाट पैसा जाने हो । 

बलात्कार, हत्यार र दाइजोको घटनामा तपाईहरुको प्रक्रिया के छ ? 
–    म ‘बेटी पढाऊ, बेटी बचाऊ’अभियानमा मात्र केन्द्रित छु । आगामी साउनदेखि बन्ने वार्षिक कार्यक्रममा यि घटनाहरु समावेश गरिन्छ । अहिलेको अभियान भनेको भखर जन्मेका शिशु, स्कुल जाने बालिकाहरुको लागि मात्र हो । यसका लागि १४ हजार साइकल आउँदै छ । हामी यि कार्यक्रममा मात्र केन्द्रित छौँ । आगामी साउनमा बन्ने नयाँ कार्यक्रममा यि अभियानहरु समावेश गर्छौ । अहिले दाइजो चेतना सम्बन्धी कार्यक्रमहरु छन् । तर, अहिले बलात्कार, हत्याका बारे अहिलेसम्म केही गरेका छौनै । नयाँ कार्यक्रममा मात्र यि घटनाहरु समावेश गर्छै । 

नियम के छ ?
–    प्रदेश २ मा प्रायः बालविवाह हुन्छ । यदि बालविवाह भयो भने त्यसमा हामी पैसा दिँदै नौ र बैंकमा पनि खाता खोल्दैनै । यो छोरी अभियान कार्यक्रम हो । यो २० वर्षे कार्यक्रम भएको हुँदा गाउँ घर तिर छोरीको विवाह गर्न समस्या हुने भन्दै २० वर्षभन्दा कम राख्न भनेका छन् । यसमा पत्रकारहरुको भूमिका नकारात्म देखिन्छ यस अभियानलाई प्रभाव पार्नलाई । 

 प्रदेश २ मा प्रायः बालविवाह हुन्छ । यदि बालविवाह भयो भने त्यसमा हामी पैसा दिँदै नौ र बैंकमा पनि खाता खोल्दैनै । यो छोरी अभियान कार्यक्रम हो । यो २० वर्षे कार्यक्रम भएको हुँदा गाउँ घर तिर छोरीको विवाह गर्न समस्या हुने भन्दै २० वर्षभन्दा कम राख्न भनेका छन् । यसमा पत्रकारहरुको भूमिका नकारात्म देखिन्छ यस अभियानलाई प्रभाव पार्नलाई । 

आगामी दिनमा ‘बेटी पढाऊ, बेटी बचाऊ’अभियान कसरी अगाडी बढ्छ ?
–    हामी सित धेरै बालिका र उनीहरुका अभिभाव सम्पर्कमा आइसकेका छन् । अब अगाडी नबढ्ने त कुरौ छैन नि । घर–घर पुगिसकेका छ अभियान । कोही नपुगेको मुसहर वस्तिमा हाम्रो अभियान पुगेको छ । यो प्रकारले अगाडी बढेका कारण यो अभियान नचल्ने त कुरौ हुँदैन । १० वटा विद्यालयमा छात्रा मैत्री शौचालय निर्माणको कार्य शुरु भइसकेको छ । यो घर–घर पुगेको अभियान हो । 

‘बेटी पढाऊ, बेटी बचाऊ’अभियानलाई त नकरात्म रुपमा लिइएको छ त ? 
–    अरु कार्यक्रममा के हो थाहा भएन । तर, हाम्रो कार्यक्रममा हामिले पैसा बढेकै छैन । हाम्रो कार्यक्रममा पैसा बढ्ने कार्यक्रम नै छैन । हाम्रो कार्यक्रममा साइकल वितरण छ, शौचालय निर्माण छ, छोरीहरुको विमा छ साथै लोकसेवा तयारी कक्षा छ । यसमा पैसा कसरी बढ्ने । यसमा जति काम गर्ने हो त्यति देखाउने हो । अहिलेसम्म पैसा बढेकै छैन म कार्यक्रमको कोअर्डिनेसन हुँ मलाई थाहा नभए कसलाई थाहा हुन्छ । 

सम्बन्धीत समाचार:-

– मिलेमतोमा थामथुम पारिन्छ बलात्कारका घटना, ८ जनालाई परिवारले आगो झोसे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?