इरान र अमेरिकाबीचको शत्रुता एक पटक पुन सतहमा

एजेन्सी । इरान र अमेरिकाबीचको शत्रुता एक पटक पुन सतहमा आएको छ । अमेरिकाले इरानमाथि चौतर्फी आर्थिक प्रतिबन्ध लगाइराखेको छ । यसले इरानको अर्थव्यवस्था सम्पूर्ण रुपमा प्रभावित बनेको छ ।  

अमेरिकाले इरानको रिभुल्युसनरी गार्ड कोर (आईआरजिसी)लाई विदेशी आतंकवादी संगठन घोषणा गरिदिएको छ । अमेरिकाले विश्वका कुनै पनि देशलाई इरानसँग व्यापार गर्न दिएको छैन । ट्रम्प सत्तामा आएपछि दुई देशबीच शत्रुता उलेख्य वृद्धि भढेको छ । 

तनाव बढिरहदाँ बुधबार इरानी राष्ट्रपति हसन रुहानीले विश्वका शक्ति राष्ट्रले आफ्नो प्रतिवद्धता पुरा गर्दैनन् भने उनको देशको परमाणु कार्यक्रम पुनःशुरु हुने बताए । 

अर्को तर्फ अमेरिकाले इरानबाट सिर्जना हुनसक्ने खतराको सामना गर्न भन्दै मध्य–पूर्वमा लडाकु विमान र बमवर्षक पठाउन लागेको छ । यसको घोषणा सबैभन्दा पहिले अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले आइतबार गरेका थिए । यसको पुष्टि अमेरिकी रक्षामन्त्री प्याट्रिक शानाहानले गरे ।

आखिर अमेरिका र इरानको सम्बन्ध यस्तो शुत्रपूर्ण किन छ ? यसको ऐतिहासिक पुष्ठभूमि के हो ?

इरानी क्रान्तिको ४० औँ वर्षगाँठ पश्चिमी शक्तिका लागि ‘आत्ममन्थन गर्ने एउटा सुनौलो अवसर’ को रुपमा हेरिदैंछ ।

इस्लामिक गणतन्त्र इरानसँग चार दशक लामो असहमतिका बावजुद न त इरानले घुणा ट्क्यो न मध्यपूर्वमा शान्ति स्थपना भयो । अहिले आएर ट्रम्प राष्ट्रपति बनेपछि त शत्रुता झनै बढेको छ । 

अवस्था सधैं यस्तै शत्रुतापूर्ण भने थिएन । सन् १९७१ मा युरोस्लाभियाका तत्कालीन राष्ट्रपति जोसेफ ब्रोज टिटो, मोनाकोका राजकुमार रेनिअर र राजकुमारी ग्रेस, अमेरिकाका उपराष्ट्रपति सिप्रो अग्नेयु र सोभियत संघका राजनेता निकोलाई पोगर्नी इरानी शहर पर्सेपोलिसमा भेला भएका थिए । सबैजना एउटा भोज आयोजना भएको थियो । यो भोजको आयोजना इरानी शाह रेजा पहल्वीले गरेका थिए ।
त्यसको आठ बर्ष बित्दा नबित्दै इरानको सत्ता अयतोल्लाह रुहोल्लाह खुमेनीको हातमा पुग्यो । सत्तामा आएपछि खुमेनीले माथि उल्लेखित पार्टीलाई ‘शैतानको उत्सव’ संज्ञा दिए । 

सन् १९७९ मा इरानमा इस्लामिक क्रान्तिभन्दा अघि खुमेनी टर्किस, इराक र पेरिसमा निर्वाचित जीवन बाचिरहेका थिए । खुमेनीले राजा पहल्वीको नेतृत्वमा इरानमा भइरहेको पश्चिमीकरण र अमेरिकामाथि बढिरहेको निभरतालाई निशाना बनाएर सत्तामा आएका थिए । 

सन् १९५३ मा अमेरिका र बेलायतले इरानमा लोकतान्त्रिक प्रक्रियाबाट चुनिएका प्रधानमन्त्री मोहम्मद मोसादेगलाई अपदस्थ गरी सम्पूर्ण अधिकार पहल्वीलाई सुम्पेका थिए । मोहम्मद मोसादेगले नै इरानको तेल उद्योगलाई राष्ट्रियकरण गरेका थिए र उनी राजाको अधिकार कम गर्न चाहन्थे । 

कुनै विदेशी नेतालार्य शान्तिपूर्ण समयमै अपदस्थ गर्ने काम अ‍ेमेरिकाले पहिलो पटक इरानमा गरेको थियो । तर त्यो अन्तिम थिएन । त्यसपछिका वर्षमा उक्त अभ्यास एक हिसाबले अमेरिकाको विदेश नीतिको एक हिस्सानै बन्यो । 

सन् १९५३ मा इरानमा अमेरिकाले जसरी सत्ता परिवर्तन गर्यो त्यसको नतिजा थियो १९७९ को क्रान्ति । त्यसपछिको ४० वर्षमा इरान र पश्चिमबीच द्वन्द अन्त्य भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?