काठमाडौं । टी–२० त्रिदेशीय श्रृंखलामा पहिलो खेलमा नामिबियाले नेपाललाई जितका लागि २०७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नामिबियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०६ रन बनायो ।
उसका लागि जान निकोल लोफ्टी इटनले शतकीय पारी खेले । ३६ बलको सामना गरेका उनले ११ चौका र ८ छक्काको मद्दतमा १०१ रन बनाए। ।यो उनको कीर्तिमानी शतक हो । उनी टी–२० अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा कम बलमा शतक प्रहार गर्ने खेलाडी बनेका छन् ।
३३ बलमा शतक बनाएर उनले यसअघि कुशल मल्लको नाममा रहेको कीर्तिमान तोडेका हुन् । कुशल मल्लले एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३४ बलमा शतक बनाएका थिए ।यस्तै, नामिबियाका मलान क्रुगरले मेडन अर्धशतक बनाए। ४८ बलको सामना गरेका उनले ६ चौका र दुई छक्काको मद्दतमा अविजित ५९ रन जोडे ।
नेपालका कप्तान रोहित पौडेलले दुई विकेट लिँदा करण केसी र अविनाश बोहराले समान एक–एक विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया