एजेन्सी । नेदरल्याण्ड्सकी किकी बार्टेन्सले म्याड्रिड ओपन टेनिस च्याम्पियनसिपको उपाधि जितेकी छिन् ।
शनिवार राति सम्पन्न भएको महिला एकलतर्फको फाइनल खेलमा बार्टेनसले रोमानियाकी सिमानो हालेपलाई २-० को सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेकी हुन् ।
हालेप बार्टेन्ससँग खेलको पहिलो सेटमा ६-४ र दोस्रो सेटमा ६-४ ले पराजित भएकी थिइन् । हालेपले शीर्ष वरियताकी नावमी ओसाकालाई पराजित गर्दै फाइनलको यात्रा तय गरेकी थिइन् ।
खेल जीवनमा पहिलो पटक उपाधि जित्दै नयाँ इतिहास बनाएकी बार्टेन्स विश्व वरियताको चौथो नम्बरमा समेत उक्लिएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया