एजेन्सी । फ्रान्सेली लिग वान फुटबल अन्तर्गत पेरिस सेन्ट जर्मेन ‘पीएसजी’ विजयी भएको छ ।
शनिवार राति सम्पन्न भएको खेलमा पीएसजीले एङगर्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जीतमा नेयमार र एन्जल डि मारियाले समान एक-एक गोल गरेका थिए ।
नेयमारले खेलको २० औँ मिनेटमा तथा डि मारियाले ५८ औँ मिनेटमा समान एक-एक गोल गरेका थिए । यता मार्किन्होस ८५ औँ मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एङगर्स १० खेलाडीमा सिमित भएको थियो ।
८८ औँ मिनेटमा फ्लेभियान टेइले एङगर्सका लागि एक मात्र सान्त्वना गोल फर्काएका थिए । यो जितपछि लिग च्याम्पियन पीएसजीले ८८ अंक बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया