डिआईजीमा बढुवा भएका पोखरेललाई दर्ज्यानी प्रदान

काठमाडौं । नेपाल प्रहरीको डिआइजीमा बढुवा भएका विश्वराज पोखरेललाई दर्ज्यानी प्रदान गरिएको छ । 

प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले डिआइजी पोखरेललाई दर्ज्यानी प्रदान गरेका हुन् । 

गत बिहीवार बसेको बढुवा समितिको बैठकले पोखरेललाई प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ उप–नियम (४) को प्रावधान अनुसार एसएसपीबाट डीआईजीमा बढुवाको सिफारिस गरेको थियो । 

पोखरेल यसअघि लागूऔषध नियन्त्रण व्यूरोमा कार्यरत थिए ।

६ महिनादेखि रिक्त रहेको नेपाल प्रहरीको डिआईजी पदमा पोखरेलको एकल सिफारिस भएको थियो । 

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 33 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?