काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा घटेको छ ।
बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गत आवको यसै अवधिको तुलनामा ९ दशमलब ६१ प्रतिशतले घटेको हो ।
निजी स्वामित्वमा सञ्चालित यो बैंकले चैत मसान्तसम्ममा दुई अर्ब २६ करोड ५६ लाख खुद नाफा आर्जन गरेको थियो । तर, गत आर्थिक वर्षको यसै अवधिमा बैंकले दुई अर्ब ८३ करोड ८४ लाख खुद नाफा आर्जन गरेको थियो ।
बैंकले प्रवाह गरेको कर्जा वापत सम्भावित नोक्सानी कोषमा ९२ करोड ४१ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको नाफा घटेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया