त्रिकोणात्मक टी–२० सिरिज : नेदरल्याण्ड्ससँग नेपाल २ रनले पराजित

लोकपथ
490
Shares

काठमाडौं । टीयू क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल नेदरल्यान्डसँग २ रनले पराजित भएको छ ।

जितका लागि नेदरल्यान्डले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन मात्र बनायो ।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ६३ रनको योगदान दिए । उनले उनले ३४ बलमा ६ चौका र ३ छक्का प्रहार गरे ।
त्यस्तै, कप्तान रोहितकुमार पौडेलले ५०, कुशल मल्लले ११ रन बनाए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४ विकेटको क्षतिमा १८४ रन जोड्यो। नेदरल्यान्ड्सका लागि साइब्रान्डले नटआउट ४९ रन जोडे । उनले ३८ बलमा ४ चौका र १ छक्का प्रहार गरे । नेपालका करण केसी र कुशल मल्लले १–१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?