गोलरक्षक किरण १०० प्लस ड्रिंकको ब्राण्ड एम्बासडरमा नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ ‘सय प्लस आईसोटोनिक स्पोर्ट्स ड्रिंक’ को ब्राण्ड एम्बासडरमा नियुक्त भएका छन् । 

उक्त ड्रिंकले गोलरक्षक किरणलाई २ वर्षसम्मको लागि ब्राण्ड एम्बासडरका रुपमा नियुक्त गरेका हुन् । आइतवार एक कार्यक्रमको आयोजना गरि उक्त ड्रिंकका आधिकारिक विक्रेता सारा ग्रुपका अध्यक्ष दिपक केसी र गोलरक्षक किरणले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

तर, कति रकममा किरणलाई ब्राण्ड एम्बासडरमा नियुक्त गरेको हो त्यो भने केही खुलाइएको छैन । 

ब्राण्ड एम्बासडरमा नियुक्त भएपछि किरणले यो सम्झौताले आफुले खेलमा अझ राम्रो गर्न प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन् । 

किरण पछिल्लो समय माल्दिभ्सको शीर्ष डिभिजन लिक क्लब टीसी स्पोर्ट्सबाट व्यवसायिक क्लब फुटबल खेल्दै आइरहेका छन् । गत सिजनमा मात्र उनले उत्कृष्ट गोलकिपरको अवार्ड समेत आफ्नो पोल्टामा पारेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?