एसएसपी थापा र सुवेदीको एउटै स्वर :गुण्डागर्दी विरुद्ध विशेष अप्रेसन चलाइन्छ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रहरी प्रमुखले संयुक्त पत्रकार सम्मेलन गरेका छन् । 

अपराध नियन्त्रणमा एक जुट भएर लाग्ने प्रतिबद्धता सहित प्रहरी परिसर र महाशाखाले पत्रकार सम्मेलन गरेको हो ।  

काठमाडौं प्रहरी परिसरका प्रमुखको कार्यकक्षमा गरिएको पत्रकार सम्मेलनमा महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापा र परिसरका उत्तमराज सुवेदीले संयुक्त रुपमा अपराध नियन्त्रणमा एक जुट भएर काम गर्ने प्रतिबद्धता जनाएका हुन् । 

परिसर प्रमुख सुवेदी र अपराध महाशाखा प्रमुख थापाले कार्यभार सम्हालेपछि पहिलो पटक संयुक्त पत्रकार सम्मेलन गरी काठमाडौंमा शान्ति सुरक्षा कायम हुने गरी सहकार्यका साथ काम गर्ने प्रतिबद्धता जनाएका हुन् । 

सम्मेलनमा दुवै युनिटका प्रहरी उपरीक्षक (एसपी)को उपस्थितिमा उनीहरुले प्रहरीको साख एक इञ्च पनि तल नझर्न नदिने प्रतिबद्धता समेत व्यक्त गरे ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी सुवेदीले भने, अपराध महाशाखा र परिसरले मिलेर काम गर्ने । हाम्रो उद्देश्य र लक्ष्य एउटै हो । एकजुट भएको सन्देश दिन संयुक्त रुपमा पत्रकार सम्मेलन गरेका हौं ।’

त्यस्तै कार्यक्रममा बोल्दै महाशाखाका एसएसपी थापाले भने, ‘अपराधी एकजुट हुनुहुन्छ भने हामी अपराधीविरुद्ध लाग्ने प्रहरी चाहिँ किन एकजुट नहुने ?’ 

उनले थप्दै भने, काठमाडौं उपत्यकाम शान्त्रि सुरक्षा कायम गर्ने र अमनचयन स्थापना गर्छौ । आर्थिक, सामाजिकका साथै साइबर अपराधसँगै शसक्त रहेका अपराधलाई प्राथमिकतामा राखेका छौ ।’ 

साथै अपराधविरुद्ध कानूनी कठोरता अपनाउन पनि पछि नहट्ने एसएसपीद्वयको भनाइ छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?