काठमाडौं । वि सं २००२ मा नेपाल टेलिभिजनले एसीसी यू १९ म्याच को लाइभ गर्ने भयो । नेपाल टेलिभिजनले कुनै खेलकुदको प्रत्यक्ष प्रसारण गरेको यही पहिलोपटक थियो । लाइभ गर्ने अन्य तयारीसँगै कमेन्टेटरको पनि खोजी हुन थाल्यो ।
एनटिभीले यस्तो कमेन्टेटर खोजिरहेको थियो जसलाई क्रिकेटको बारेमा राम्रो ज्ञान होस् र त्यस ज्ञानलाई शब्दमार्फत् व्यक्त गर्ने कला पनि । यही क्रममा एचबिसी एफएममा आरजेका रुपमा काम गरिरहेका क्रिकेट खेलाडी देवेन्द्र सुवेदीमा सबैको नजर पुग्यो । उनी ‘कमेन्टेटर’ का रुपमा चुनिए ।
इलाममा जन्मिएर काठमाडौंमा हुर्किएका देवेन्द्रले सानैदेखि क्रिकेटको ब्याट र बल समातेका थिए । हुर्किएपछि पनि क्रिकेट मैदान छोडेका थिएनन् । राष्ट्रिय स्तरका क्रिकेट प्रतियोगितामा उनको सहभागिता रहन्थ्यो । तर, उनको रुचि खेल्नमा मात्र नभएर बोल्नमा पनि भएकाले सन् २००० देखि नै एफएममा काम गर्न थालिसकेका थिए । त्यसैले कमेन्टेटिङ गर्नलाई खेल्न र बोल्न दुवै जानेका देवेन्द्र भन्दा उपयुक्त व्यक्ति कोही भएनन् त्यसवेला ।
देवेन्द्र भने आफू छानिनु ‘इच्छा’ भन्दा ‘बाध्यता’ भएको बताउँछन् । ‘कमेन्टेटिङका बारेमा बुझेका मान्छे नै खासै थिएनन् त्यसवेला,’ हाँस्दै उनी भन्छन्, ‘त्यसैले मलाई छान्नु एनटिभीको इच्छा भन्दा पनि बाध्यता थियो ।’
आज झन्डै २ दशक भइसकेको छ देवेन्द्रले कमेन्टेटिङसँग साइनो गाँसेको । खेल्नमा भन्दा बोल्नमा उनी बढी फस्टाए । अहिले पनि जबजब नेपालमा कुनै राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरका क्रिकेट प्रतियोगिता हुन्छन् तब देवेन्द्रकै आवाज गुञ्जिन्छ । फरक यत्ति हो पहिलेका प्रतियोगिताहरुमा उनका खुट्टा काम्थे, मुटु थर्थराउँथ्यो । आजकल बोल्नु र कमेन्टेटिङ गर्नुमा खासै अन्तर छैन देवेन्द्रका लागि । हरेक कमेन्टेटरले यसैगरी जतिसक्दो सामान्य भाषा र शैलीमा अरुवेला कुराकानी गरेजस्तै गरी कमेन्टेटिङ गर्नुपर्ने उनको मान्यता छ । तर, अफसोच नयाँ कमेन्टेटरमा उनी यस्तो गुण पाउँदैनन् ।
प्रत्यक्ष प्रसारण हेरेर खेलको मजा लिन बसेका दर्शकलाई क्रिकेटका स्पेशल ‘मुमेन्ट्स’ अनुभव गर्न दिनुपर्छ भन्ने देवेन्द्रको मान्यता छ । कम्तीमा पनि ब्याट र बल टक्राउँदा, विकेट ढल्दा निस्कने आवाजलाई दर्शकले आफै सुन्न र अनुभव गर्न पाउनुपर्ने बताउँछन् उनी ।
बनावटी आवाजमा बोल्दा कमेन्टेटर आफैलाई त्यस आवाजलाई सधै उस्तै ‘मेन्टेन’ गर्नुपर्ने दबाव रहने बताउँछन् उनी । ‘एकदिन बनाएर बोल्यो भने सधैं त्यसैगरी बोल्नुपर्ने हुन्छ,’ उनी अगाडि थप्छन्, ‘त्यो भन्दा बरु आफ्नो बोलीचालीको भाषामै बोल्दा सहज हुन्छ र प्रभावकारी पनि ।’
आजभोलिका ‘कमेन्टेटर सँग अर्को पनि गुनासो छ देवेन्द्रलाई, ‘उनीहरु बनावटी मात्रै बोल्दैनन् धेरै पनि बोल्छन् ।’
प्रत्यक्ष प्रसारण हेरेर खेलको मजा लिन बसेका दर्शकलाई क्रिकेटका स्पेशल ‘मुमेन्ट्स’ अनुभव गर्न दिनुपर्छ भन्ने देवेन्द्रको मान्यता छ । कम्तीमा पनि ब्याट र बल टक्राउँदा, विकेट ढल्दा निस्कने आवाजलाई दर्शकले आफै सुन्न र अनुभव गर्न पाउनुपर्ने बताउँछन् उनी । ‘कमेन्टेटरले बढी बोलेर दर्शकलाई बोर फिल गराउनुहुन्न,’ यस क्षेत्रमा भर्खर पाइला टेकेका व्यक्तिहरुलाई उनी सुझाव दिन्छन्, ‘झर्को लागेर टिभी ‘म्युट’ गरेर हेर्ने अवस्था नआओस् ।’
खेलाडी, दर्शक र पूरै रंगशाला दबावपूर्ण स्थितिमा थिए । यही दौरान दर्शकमा अमेरिकाले जितेको खबर प्रवाह भयो र सारा दर्शक ढुङ्गा प्रहार गर्दै भाँडभैलो गर्दै मैदानमा उर्लिए । कमेन्टेटर बस्ने बक्समा पनि ढुङ्गा प्रहार भयो । देवेन्द्रको टाउको नजिकैबाट ढुङ्गा गयो ।
अहिलेका कमेन्टेटरलाई हेरेर, पढेर, अनुसन्धान गरेर सिक्नलाई धेरै सहज भएको बताउँदै देवेन्द्र आफू यस क्षेत्रमा नयाँ हुँदाको समयलाई फर्केर हेर्छन् । ‘फ्लास ब्याक’ मा पुग्दा ज्यानै जोखिममा पारेर काम गरेकोदेखि सीमित स्रोत र साधनमा प्रभावशाली ढङ्गले काम समापन गर्नुपर्ने दबाव रहेको केही क्षणहरु उनका आँखाभरि नाच्छन् ।
सन् २०१० मा वल्र्ड क्रिकेट लिग डिभिजन ५ अन्तर्गत नेपाल र अमेरिकाबीचको प्रतिस्पर्धा पनि तिनै अविस्मरणीय घटनामध्येकै एक हो । यस प्रतिस्पर्धामा नेपाल विजयी भए फाइनल्समा पुग्ने र अमेरिका विजयी भए सिंगापुर र नेपालमध्ये नेट रनको आधारमा कोही एक फाइनल्समा पुग्ने अवस्था थियो । खेलाडी, दर्शक र पूरै रंगशाला दबावपूर्ण स्थितिमा थिए । यही दौरान दर्शकमा अमेरिकाले जितेको खबर प्रवाह भयो र सारा दर्शक ढुङ्गा प्रहार गर्दै भाँडभैलो गर्दै मैदानमा उर्लिए । कमेन्टेटर बस्ने बक्समा पनि ढुङ्गा प्रहार भयो । देवेन्द्रको टाउको नजिकैबाट ढुङ्गा गयो । ‘त्यो ढुङ्गा लागेको भए शायदै म बाँच्थें,’ देवेन्द्र त्यस क्षणलाई कहिल्यै नबिर्सिने बताउँदै भन्छन् ।
यो त भयो जोखिमको कुरा । कमेन्टेटरका रुपमा बाँचिरहँदा देवेन्द्रले कैयौं रोमाञ्चक घटनाहरु पनि अनुभव गरेका छन् । ‘सन् २०१३ मा भएको सार्क कार ¥याली,’ हामीले ती रोमाञ्चक घटनाका बारेमा जान्न खोज्दा उनले हत्तपत्त भने ।
‘के भएको थियो त्यसवेला ?’ हामीले प्रश्न राख्यौं ।
उनले एक सासमा आफ्नो अनुभव सुनाए, ‘सार्कका देशहरुको कार -याली भएको थियो । -याली पोखराबाट शुरु भएर लुम्बिनीतर्फ अघि बढ्यो हामी काम सकेर उनीहरुभन्दा छिटो पोखराबाट हिँड्यौं लुम्बिनी आइपुग्यौं तर, सेट अप गर्ने उपयुक्त ठाउँ थिएन उता कारहरु आइपुग्न लागेका थिए । मायादेवी मन्दिर नजिकैको नाली माथि प्लाष्टिकको कुर्सी राखेर मैले कमेन्टेटिङ गर्न शुरु गरें। मनिटर सानो भएकाले निहुरिएर आफ्नो पूरै ध्यान त्यसैमा केन्द्रित गरेको थिएँ । पछि बोलिसकेर टाउको उठाउँदा त -यालीलाई हेर्न भन्दा मलाई हेर्ने मान्छेको भीड बढी रहेछ । यो मान्छे यसरी बसेर के गर्दै होला भन्ने जिज्ञासा पलाएको हुनुपर्छ उनीहरुको मनमा पक्कै पनि ।’
जे होस् यस्तै अविस्मरणीय क्षणहरुको एउटा सुमधुर यात्रा भएको छ देवेन्द्रको जीवन । दर्शक र खेललाई जोड्ने तार बनेका उनी चाहन्छन् आगामी दिनमा कमेन्टेटिङलाई ‘विकल्प’ होइन ‘रोजाइ’ बनाइयोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया