काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले सुनसरीमा आफ्नो ८० औँ शाखा विस्तार गरेको छ ।
देवानगंज गाँउपालिका वडा नं. २ स्थित देवानगंज बजारमा बैंकले नयाँ शाखा विस्तार गरेको हो । बैंकले स्थानीय ५० हजार जनतालाई वित्तिय सुविधा प्रदान गर्नेछ ।
बैंक परिसरभित्रै केही समयमा नै एटिएम सेवा पनि सञ्चालनमा ल्याइने बैंकले जनाएको छ ।
शाखाको देवानगंज गाँउपालिकाकी उपाध्यक्ष पुनिता देवी यादवले उद्घाटन गरेका थिए ।
उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे लगायत बैंकका कर्मचारी तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।
बैंकले वित्तिय साक्षरता अभिवृद्धिका लागि ग्रामिण क्षेत्रमा शाखा विस्तार अभियानलाई निरन्तरता दिने क्रममा प्रदेश नं. १ मा शाखा थप गरेको हो ।
हाल बैंकले काठमाडौं उपत्यका भित्र २४ तथा उपत्यका बाहिर ५६ वटा शाखा सञ्चालनमा ल्याएको छ । सात वटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा, एक सय १ सय १२ वटा एटिएम तथा १३ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखारहित बैंकिङ सेवामार्फत बैंकले आफ्ना ग्राहक सन्तुष्टीलाई उच्चतम स्थान दिइरहेको छ ।
Bank of the Year पाँच पटक प्राप्त गरिसकेको ल्क्ष्द्यी ले उत्कृष्ट सेवा तथा व्यवसायमा गरेकोे अब्बल प्रदर्शनका कारण Euromoney नामक अन्तर्राष्ट्रिय पत्रिकाबाट Euromoney award for excellence “Best Bank 2018” अवार्ड प्राप्त गर्न सफल भएको छ भने यसै बर्ष इक्रा नेपालद्वारा प्रदान गरिदै आएको क्रेडिट रेटिङ्गमा A बाट A ल्याई स्त्तरोनन्ति गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया