प्रदेश ३ को वर्षे अधिवेशन आजदेखि, राजधानीको प्रस्ताव नल्याए संसद अवरुद्ध गर्ने कांग्रेसको चेतावनी

हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश ३ को वर्षे अधिवेशन अवरुद्ध गर्ने चेतावनी दिएको छ । 

प्रदेशको नाम र राजधानीको विषयले प्रदेश ३ को वर्षे अधिवेशनमा प्रवेश नपाए अधिवेश अवरुद्ध गर्ने चेतावनी कांग्रेसले दिएका हुन् । 

प्रदेश ३ को संसद बैठकको वर्षे अधिवेशन आज (सोमवार)बाट शुरु हुँदैछ ।  बैठक दिउँसो १ बजे शुरु हुँदैछ । 

प्रदेश नामांकन र स्थायी राजधानी तोक्न दबाव परे पनि प्रदेश ३ को संसदले अझै टुंग्याउन सकेको छैन ।

कांग्रेसका नेता इन्द्र बानियाँले प्रदेश नामांकन र राजधानीले अलमलको स्थिती सिर्जना भएकाले छिटो टुंग्याउन आफ्नो पार्टीले दबाव दिन लागेको बताए ।

प्रदेश नामांकन र राजधानीबाहेकका ८ विषयले आजको बैठकमा प्रवेश पाउने प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । 

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 31 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?