काठमाडौं । शिवम् सिमेन्ट्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब भन्दा बढी रुपैयाँ नाफा आर्जन गरेको छ ।
सिमेन्ट्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब ५ करोड ८९ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म्म उक्त सिमेन्ट्स कम्पनीले ९३ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो । तर, कम्पनीले यसपाली खुद नाफा १२ करोड २३ लाख रुपैयाँले बढी आर्जन गरेको हो ।
शिवम् सिमेन्ट्सले आईपिओ निष्काशन गर्दा सर्वसाधारणमा ४४ लाख कित्ताको प्रतिकित्ता २ सय र स्थानीयबाट ८ लाख ८० हजारको प्रतिकित्ता १ सय रुपैयाँ प्रिमियम मूल्यमा शेयर जारी गरेको थियो।
यसबाट कम्पनीको शेयर प्रिमियम कोषमा ९४ करोड २ लाख रुपैयाँ र रिटेर्न अर्निङ्ग तीन अर्ब ४४ करोड ११ लाख रुपैयाँ सञ्चित भएको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ८ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ अन्य बिक्री आय गरेको कम्पनीले ५ अर्ब ३७ करोड दुई लाख रुपैयाँ बिक्री खर्च गरेको छ । कम्पनीको आम्दानी र खर्च दुबै १७ प्रतिशत बढीले बढेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया