१३ औँ साग खेलकुदको लोगो र मस्कट सार्वजनिक

काठमाडौं । १३ औँ दक्षिण एशियाली खेलकुद ‘साग’को लोगो र मस्कट सार्वजनिक भएको छ । 

नेपालमा आयोजना हुने उक्त साग खेलकुदको लोगो र मस्कट आज ‘सोमवार’ एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो । लोगो मस्कट सार्वजनिक कार्यक्रम युवा तथा खेलकुद मन्त्रालयमा आयोजना गरिएको थियो ।

साग खेलकुद आगामी आगामी डिसेम्बर १ देखि १० तारिखसम्म सञ्चालन हुनेछ । 

लोगो र मस्कट युवा तथा खेलकुदमन्त्री जगत बहादुर बिश्वकर्मा, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिब केशब कुमार बिष्टले सार्वजनिक गरेका थिए । 

खुल्ला छनोट प्रतिस्पर्धाबाट लोगो र मस्कट छानिएको हो । लोगो र मस्कट भोलानाथ पौडेलले डिजाइन गरेका हुन् । डिजाइन गरेबापत पौडेललाई एक लाख रुपैयाँ प्रदान गरिएको थियो । साग खेलकुद काठमाडौं र पोखरामा सञ्चालन हुनेछ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?