एकै जिल्लाका ४ जनाले एकैदिन विष सेवन

पर्सा जिल्लामा सोमबार एकै दिन ४ जनाले विष सेवन गरेका छन् । विष सेवन गर्नेमा ३ जना महिला र एक पुरुष रहेका छन् ।

महिला वीरगन्ज महानगरपालिकाका छन् भने १ जना पुरुष कालिकामाइ गाउँपालिकाका छन् ।

विष सेवन गर्ने २५ वर्षीया फुलकान्ती देवी महरा वीरगन्ज महानगरपालिका–२५ मा बस्दै आएकी थिइन् । अहिले उनको उपचार भइरहेको छ । त्यस्तै विष सेवन गरेको अवस्थामा फेला परेकी १९ वर्षीया अञ्जली कुमारीको स्वास्थ्य अवस्थामा सुधार आएको छ । उनको उपचार नारायणी अस्पतालमा भएको हो । विरगंजमै बस्ने २४ वर्षीया प्रिति शाहीको पनि विष सेवनपछि उपचार भइरहेको छ । 

त्यस्तै पर्साको  कालिकामाइ गाउँपालिका–१ बस्ने २५ वर्षीया हिकेश पासवानले घरायसी विवादका कारण विष सेवन गरेको जनाइएको छ । उपचारका क्रममा उनलाई नारायणी अस्पतालबाट नेशनल मेडिकल कलेजमा रेफर गरिएको छ ।

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 34 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?