अब मापसे मात्र होइन ‘लापसे’को फन्दामा

जनकपुर । मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेहरुलाई कारबाही गर्ने अभियान प्रभावकारी भएपछि प्रहरीले ‘लापसे’ नामक नयाँ अभियान शुरु गर्ने भएको छ । लापसे अर्थात् लागु पदार्थ सेवन जाँच । 

प्रदेश २ मा मादक पदार्थ मात्र नभएर लागु पदार्थसेवन गरी सवारीसाधन चलाउनेको सङ्ख्या बढेकाले प्रहरीले लापसे शुरु गरेको हो । 

यस अभियान अन्तर्गत बारा र सप्तरीमा गरी जम्मा ६३ जनाको पिसाब जाँच गरेर लापसे जाँच गरिएको थियो जसमा २ जनाले लागु पदार्थ सेवन गरेको पाइएको छ । यस अभियानलाई विस्तारै सबै प्रदेशमा फैलाउने प्रहरीले बताएको छ ।

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 34 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?