प्रहरीलाई १ सय रुपैयाँको प्रलोभनमा पार्न खोज्ने पक्राउ

झापा मेचीनगर नगरपालिकापा-१३ पूर्बपश्चिम राजमार्गस्थित चारआली चौकबाट प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने खोज्ने अर्जुनधारा नगरपालिकापा-२ बस्ने ४२ वर्षीय राम कुमार लिम्बुलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरीले ना.३ ख ५७९६ नम्बरको ट्रक जाँच गर्ने क्रममा चालक लिम्बुले आफ्नो साथमा सवारी चालक अनुमतीपत्र नभएको कारण नगद १ सय रुपैयाँ दिन खोजेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 34 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?