अस्ट्रेलियाका केर्गिवसद्वारा मेदभेदेभ पराजित

एजेन्सी । अस्ट्रेलियाका निक केर्गिवस जारी इटालियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् । 

मंगलवार राति सम्पन्न भएको पुरुष एकलतर्फको पहिलो चरणको खेलमा केर्गिवसले १२ औँ वरियताका रसियाका डानिल मेदभेदेभलाई २-१ को निक्कै प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेका हुन् ।

केर्गिवसले खेलको पहिलो सेट ६-३ र अन्तिम सेट ६-३ जितेका थिए । तर, उनले दोस्रो सेट भने ६-३ ले नै गुमाएका थिए । मेदभेदेभ दोस्रो सेटको खेलका दौराना घाइते भएका थिए ।

ढाडमा समस्या आएपनि उनले खेललाई निरन्तरता दिएका थिए । २४ वर्षिय केर्गिवस दोस्रो चरणमा प्रवेश गरेको यो पहिलो पटक भने होइन ।

यसअघि उनले मेक्सिकन ओपन टेनिसका दौरान शिर्ष वरियताका स्पेनी राफेल नाडाललाई पनि पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेका थिए ।

त्यस्तै मायामी ओपन टेनिसमा उनले सर्वियाका डुसन लाजोभिचलाई २-० को सोझो सेटमा पाखा लगाएका थिए । केर्गिवसले अहिलेसम्म कुनै वरियता भने पाएका छैनन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?