काठमाडौं । सोमबार सर्किट ब्रेक सेयर बजार परिसूचक नेप्सेमा आज ७० अंकको गिरावट आएको छ ।
सोमबार एक सय १७ अंकले बढेर सर्किट ब्रेक लागेको नेप्से एकदिन पनि नटिकि मंगलबार ७०.३१ अंकले घटेर २००७.६९ बिन्दुमा कायम भएको हो ।
यसदिन बजारमा १ करोड १४ लाख ६७ हजार ५९९ कित्ता सेयर ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार रूपैयाँमा खरिद बिक्री भए ।
आज बोटलर्स नेपाल बालाजु लिमिटेड नेगेटिभ सर्किटसँगै सर्वाधिक घाटामा रहेको छ । कारोबारका आधारमा सोनपुर मिनरल्स एण्ड आयल लिमिटेड ४१ करोड ९१ लाख रूपैयाँको कारोबारका साथ शीर्ष स्थानको सूचीमा देखियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया