काठमाडौं । लुम्बिनी प्रदेशमा माओवादीका २ मन्त्री बर्खास्त भएका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादीका दुई मन्त्रीलाई हटाएका हुन् ।
नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका चौधरीले अर्थमन्त्री धनबहादुर मास्की र सहरी विकासमन्त्री कृष्णा केसीलाई बर्खास्त गरेका छन् ।
यी दुई मन्त्रालय मुख्यमन्त्री आफैंले राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया