मनाङले मिनर्वा पन्जाबसँग बराबरी खेल्यो

काठमाडौं । एएफसी कप फुटबल अन्तर्गत मनाङ मस्याङदी क्लबले भारतको मिनर्वा पन्जाबसँग बराबरी खेलेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज ‘बुधवार’ भएको खेलमा नेपालको ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङले भारतको मिनर्वा पन्जाबसँग १-१ गोलको बराबरी खेलेको हो । दुवै क्लबले चौथो खेलमा बराबरी खेल्दै समान अंक बाडेको छ ।

प्रतिस्पर्धात्मक खेलको ४० औँ मिनेटमा थोइबा सिंहले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाएका थिए । खेलको पहिलो हाफसम्म एक-शुन्य गोल अन्तरले पछाडि रहेको मनाङका लागि ८० औँ मिनेटमा साहिद अजिजले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलमा थप गोल भएन खेल एक-एक गोलको बराबरीमा सकियो । यो बराबरीपछि समूह ‘इ’ मा रहेको मनाङले ४ खेलबाट २ अंक जोड्दै अन्तिम स्थानमा छ ।

मिनर्वा भने ४ खेलबाट ४ अंकका साथ तेस्रो स्थानमा छ । यसअघि भएको पहिलो खेलमा पनि दुवै क्लबले समान २-२ गोलको बराबरी खेलेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?