काठमाडौं । सरकारले अवकाशमा जान लागेकी स्वास्थ्य सचिव देवकुमारी गुरागाईको विदाई गर्ने निर्णय गरेको छ । उनी शनिबार अवकास हुन लागेकाले त्यसअघि नै बिदाइ गर्ने गरी विहीबारको मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो ।
२०७५ साल २६ फागुनमा सचिवमा बढुवा भएकी गुरागाईलाई सरकारले माधवप्रसाद बेलवासेसँगै एकसाथ सचिवमा बढुवा गरेको थियो ।
परिवारका सातै सदस्य सरकारी जागिरे भएकी गुरागाईले निर्वाचन आयोग, सार्वजनिक खरिद अनुगमन कार्यलयलगायतका निकायमा सचिवको भूमिकामा काम गरेकी थिइन । सचिबमा बढुवा हुनासाथ उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा काम गरेकी थिइन् ।
गुरागाई २०५१ सालदेखि प्राविधिक सहायक पदवाट निजामती सेवामा प्रवेश गरेकी हुन् । शिक्षा सेवा, शिक्षा प्रशासन, राजपत्रांकित द्वितीय श्रेणी अर्थात उपसचिव साथै ०६४ सालमा शिक्षा सेवा, शिक्षा प्रशासनको सहसचिवमा बढुवा भएकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया