महालक्ष्मी विकास बैंकद्वारा नबराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ती वितरण

लोकपथ
0
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंकद्वारा नबराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ती वितरण गरेकोे छ ।

श्री त्रिनगर माध्यामिक विद्यालय धनगढी, कैलालीमा अध्यनरत छात्रा श्री हिरा कुमारी जोशीलाई कक्षा दश अध्ययनका लागि स्वर्गीय श्री नबराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ति प्रदान गरेको हो ।

आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्यापनमा सहयोग पु-याउने उद्देश्यले पचास हजार बराबरको छात्रवृत्ती उपलब्ध गराएको बैंकले जनाएको छ ।

महालक्ष्मी विकास बैंकका संस्थापक नबराज बहादुर सिंहको स्मृतिमा स्थापित जेहेन्दार छात्रवृत्ती सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख सुनिलकुमार नेपालले हस्तान्तरण गरेको हो ।

सुनिल कुमार नेपालले उक्त कार्यक्रममा बोल्दै विद्यार्थीहरु देशकाकर्णधार भएकोले गुणस्तरीय शिक्षा अपरिहार्य रहेको कुरा व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?