आयाक्स लिग च्याम्पियन

एजेन्सी । लिग चरणको अन्तिम खेलमा डी ग्राफ्सचापलाई ४–१ गोल अन्तरले हराउँदै डच क्लब आयाक्ले २०१४ पछाडी पहिलो पटक लिग उपाधि हात पारेको छ ।

खेलमा आयाक्सका लागि लासे शानले ३७ औँ मिनेटमा गोल गर्दै खाता खोलेका थिए । योसेफ इल जाबिलले खेलको ४० औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए । पहिलो हाफको अन्तिम मिनेटमा निकोलस ट्यागलियाफि गोल गर्दै पुर्ण अग्रता लिएको थियो ।

डुसान टाडिकले  खेलको दोस्रो हाफको ६७ औँ र ८७ औँ मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?