सीपीएलको ड्राफ्ट सुचिमा चार नेपाली क्रिकेटर

काठमाडौं ।  वेष्ट इण्डिजको क्रिकेट लिग क्यारेबियन प्रिमियर लिग ‘सीपीएल’ क्रिकेटको ड्राफ्टमा नेपालका खेलाडी अटाएका छन् ।

सीपीएलले सार्वजनिक गरेको ड्राफ्टमा नेपालका सन्दीप लामिछाने सहित सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेल अटाएका छन् ।

गत सिजन सीपीएलमा सन्दिपले ५ खेल खेल्दै ७ विकेट लिएका थिए । सीपीएलको ड्राफ्ट आगामी मे २२ मा लण्डनमा सार्वजनिक गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?