ब्राजिलका पूर्व राष्ट्रपति टेमर रिहा

एजेन्सी । भ्रष्टाचारको आरोपमा जेलमा रहेका ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमर बुधवार जेलमुक्त भएका छन् । 

टेमरलाई भ्रष्टाचारको आरोपमा साओ पाउलो राज्यको सैनिक प्रहरीको मुख्यालयमा राखिएको थियो । तर, पूर्व राष्ट्रपति टेमरलाई अन्यत्र भाग्न वा न्यायमा अबरोध गर्न नपाउने गरी छाडिएको छ ।

गत मङ्गलवार ब्राजिलको सर्वोच्च अदालतले टेमरलाई रिहा गर्न आदेश दिएको थियो । अदालतले टेमर विरुद्ध चलिरहेको मुद्दामा कुनै ठोस प्रमाण नभेटिएको जनाएको छ । 

अदालतको आदेशमा टेमरले आफ्नो पासपोर्ट सरकारी अधिकारीलाई बुझाउनु पर्ने तथा आफ्नो निवासलाई अन्यत्र सार्न नपाउने भनिएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?